fbpx

७ लाख रुपैयाँ सहित दुई हुण्डीका कारोबारी पक्राउ

विराटनगर २४ कात्तिक । मोरङको विराटनगर महानगरपालिका १५ भन्सार कार्यालय अगाडी बाटोमा हुण्डी कारोबार गर्दै आएका दुई जनालई पक्राउ गरेको छ ।

नगद ७ लाख रुपैयाँ सहित हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले को ३९ प ७३९६ नम्बरको मोटरसाइकलमा आएका विराटनगर १४ का ३० वर्षीय ज्योतिकुमार साह र पछाडी सवार भारतको जोगवनी साँहुटोलका १९ वर्षीय विक्की कुमार साहलाई पक्राउ गरेको हो ।

ज्योति कुमार साहको साथबाट ४ लाख रूपैयाँ र साहको साथबाट ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्दा ७ लाख रुपैयाँ भारतको जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डि कारोवार अन्तर्गत पठाएको बताएका छन् । यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछी प्रति १ लाख रुपैयाँ बराबर १ सय रुपैयाँ आफूले पाउने उनीहरुले बताएका छन् ।

पक्राउ परेकाहरुलाई आइतबार थप अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उरिक्षक राजकुमार खिउँजूले बताए ।

Loading...