fbpx

भारतीय नक्साको विरोध , जनकपुरमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाइयो

 

जनकपुरधाम २४ कात्तिक । भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भुभाग समेटेको र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चुप लागेर बसेको भन्दै जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओली दुवैको पुत्ला जलाइएको छ ।

भारतले नेपाल भूमि अतिक्रमण गर्दा पनि बोल्न नसकेको भन्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्रधी नरेन्द्र मोदीको पुत्ला एकैपटक जलाइएको हो । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) र जनगणतान्त्रिक मोर्चा धनुषाका नेता कार्यकर्ताले स्थानीय जनक चोकमा ओली र मोदीको पुत्ला जलाए ।

प्रधानमन्त्री ओलीले देशको सीमा अतिक्रमण हुँदा पनि बोल्न नसकेको भन्दै भारतीय प्रधानमन्त्रीको र ओलीको पुत्ला जलाइएको नेकपा माओवादी (क्रान्तिकारी) का धनुषा सेक्रेटरी शितल कर्णले बताए । नक्सा नसच्याइए र प्रधानमन्त्रीले चासो नलिए कडा आन्दोलन सुरु गर्ने चेतावनी समेत उनले दिए ।

Loading...