विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकामा संरक्षण विना बस्दै आएका दुई मनोरोगीहरुको महानगरपालिकाका मेयर भीम पराजुलीको नेतृत्वमा गएको टोलीले उद्दार गरेको छ ।
महानगरभित्र सडकमै बसोबास गर्दै मागेर जीवनयापन गर्दे आएका उनीहरुलाई उद्दार गरि विराटनगर १० मा रहेको मानव सेवाश्रमको जिम्मा लगाइएको छ । विराटनगरको नमस्कार होटल अगाडीबाट एक पुरुष र जलजला मोडबाट एक महिलाको उद्धार गरिएको हो ।
उद्दार गरिएकाहरुको सेवाश्रममा नै डाक्टहरुको निगरानीमा उपचार गरिने प्रमुम पराजुलीका प्रेस संयोजक कौशल निरौलाले बताए ।
उद्दारका लागि विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्की,प्रहरी अधिकारी तथा मानव सेवाश्रमका पदाधिकारी गएका थिए । मानसिक रोगका कारण परिवारको लापरवाहीले बेसाहरा बनेकाहरु महानगरभित्र दर्जन बढी रहेका छन् । उनीहरुलाई पनि उद्दार गरिने महानगरले जनाएको छ ।