fbpx

मनोरोगीको उद्दारमा मन्त्रीको सक्रियता, एसएलसी बिग्रिएपछि मानसिक सन्तुलन गुमाएका तिम्सिनाको उद्दार

यज्ञ अधिकारी
रंगेली, २४ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे आफै पुगेर मनोरोगीको उद्दार गरेका छन् । मोरङको रतुवामाई नगरपालीका– ८ पुगेका मन्त्री घिमिरेले दिनेश तिम्सिनाको उद्दार गरेका हुन् ।

करिब २६ वर्ष अघि मनोरोगी बनेका तिम्सिनाको उपचार मानव सेवा आश्रममा राखेर गरिनेछ । विस २०३० सालमा जन्मिएका दिनेश पढाईमा तगडा थिए । तर एसएलसी परीक्षा विग्रिपछि उनी मानसिक रोगी बने । परिवारले पटक पटक प्रयास गरेपनि २६ वर्षयता उनको रोग जाती हुन नसकेको काका विरेन्द्र तिम्सीनाले बताए ।

दिनेशका आमा बुबा बोल्न सक्दैनन् । बुवा लोमनाथको भने मृत्यु भइसकेको छ । परिवारको उनी एक्लो सन्तान हुन् ।

वृद्ध अवस्थाकी आमा अन्नपूर्णा छोराको हेरचाह गर्न सक्ने अवस्थामा छैनन् । दिनेशको हेरचाह काका अम्बिका तिम्सीनाले गर्दै आएको रतुवामाई–८ का वडाध्यक्ष नन्दकुमार९गोपी० चपागाईले बताए ।

दिनेशको उपचारको जिम्मा लिएका मन्त्री घिमिरेले स्वस्थ्यमा सुधार आए पछि पुनः घरपरिवार कै जिम्मा लगाउने बताए ।

मन्त्री घिमिरेले १ नम्बर प्रदेश सरकारले प्रदेशलाई सडक मानव मुक्त प्रदेश बनाउने घोषणा गरेको बताउँदै सडकमा बस्नु पर्ने बाध्यताको अन्त्य गर्न लागी परेको बताए ।

दिनेशको आवासीय उपचारको जिम्मा मानव सेवा आश्रमले लिएको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले विभिन्न थेरापीको माध्यमबाट दिनेशको उपचार गरिने उनले बताए । ‘ उहाँलाई सबै भन्दा पहिला त प्रेमको खाचो छ ।’ उनले भने ‘ चिकित्सकको परामर्श लिएर उपचार गर्छौं ।’

परिवारलाई पनि जानकारी गराएर उपचार गरी स्वस्थ्य लाभ पछि पुनः परिवारको जिम्मा लगाउने महिला विकास अधिकृत दुर्गा बरालले बताइन् ।

मन्त्री घिमिरेले ४ असोजदेखि मनोरोगीको उद्दारमा सक्रियता देखाएका हुन । ४ असोजमा विराटनगर ३ बाट सडकमा भौतारिरहेकी मानसिक रोगी ४६ बर्षीया लीला कार्की उद्धार गरेका थिए ।

२६ बर्षदेखि मनोरोगी भएर सडकमा भौतारिएर हिडिरहने , फोहोरमैला टिपेर खाने , लगाएकै लुगामा दिसापिसाब गर्ने ४६ बर्षिया लीला कार्कीलाई शनिबार बिहान मन्त्री घिमिरे उद्धार गरेर उपचार र संरक्षणकालागि विराटनगर १० स्थित मानव सेवा आश्रममा पुर्याएका थिए ।

मन्त्री घिमिरेका नीजि सचिव राम पाेखरेलका अनुसार मन्त्री घिमिरेले असाेज यता ४ जनाकाे उद्दार गरेका थिए ।

Loading...