fbpx

अयोध्या फैसला : सीमा नाकामा सर्तकता, सामाजिक सञ्जाल प्रयोगमा निगरानी

विराटनगर, २४ कात्तिक । भारतीय सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गाको विषयमा फैसला सुनाएपछि भारतीय प्रशासनले सीमावर्ती क्षेत्रमा सर्तकता बढाएको छ । शनिबार सर्वोच्च अदालतले फैसला सुनाएपछि पश्चिम नेपालको सिमावर्ती क्षेत्रसँगै विराटनगरको रानीसँग जोडिएको जोगवनी क्षेत्रमा पनि सर्तकता बढाएको हो ।

सीमा क्षेत्रमा सर्तकता बढाएको भारतीय प्रशासनले नेपालबाट प्रवेश गर्ने र नेपाल आउनेमाथि पनि निगरानी बढाएको छ । भारतीय पक्षले सीमा क्षेत्रमा उच्च सर्तकता अपनाएपनि नेपाल पक्षको सुरक्षा निकायलाई जानकारी गराएको छैन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी सीमा नाकाको अवस्था सामान्य रहेको बताउँछन् । उनका अनुसार सीमामा आवतजावत पनि सामान्य छ ।

भारतको सर्वोच्च अदालतले शनिबार विवादित जग्गामा राम मन्दिर बनाउन दिने र मुस्लिम समुदायलाई छुट्टै स्थानमा  जमीन उपलब्ध गराउन सरकारको नाममा फैसला सुनाएको थियो ।

सामाजिक सञ्जाल प्रयोगमा कडाइ

भारतीय सर्वोच्च अदालतको फैसलापछि प्रशासनले सामाजिक सञ्जाल प्रयोगमा पनि कडाइ गरेको छ । स्थानीय प्रशासनले धार्मिक सहिस्णुतामा खलल पु¥याउने खालमा सन्देश पठाउन र सामाजि सञ्जालमा पोष्ट गर्न कडाइ गरेको भारत अररियाका पत्रकार वरुण मिश्रले जानकारी दिए ।

फैसला आउनुपूर्व नै स्थानीय प्रशासनले सामाजिक सञ्जालमा सद्भाव भड्काउने खालमा सन्देश र सामाग्री पठाउन र पाेष्ट गरे कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएकाे थियो ।

Loading...