fbpx

‘बाला’ले २ दिनमै कमायो २५ करोड, उठायो लगानी

विराटनगर, २४ कात्तिक । गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउडका चर्चित अभिनेता आयुष्मान खुरानाकोको फिल्म ‘बाला’ ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । बलियो ‘वर्ड अफ माउथ’ तथा राम्रो कथाका कारण फिल्मले पहिलो दिनभन्दा दोस्रो दिन धेरै कमाइ गरेको छ ।

पहिलो दिन १० करोड १५ लाख कमाएको फिल्मले दोस्रो दिन १५ करोड ७३ लाख कमाएको छ । फिल्मको दुई दिनले कमाइ २५ करोड ८८ लाख पुगेको छ । २५ करोडको लगानीमा निर्माण भएको फिल्मले दुई दिनमै आफ्नो लगानी उठाएको छ । ‘बाला’ ले तीन दिनमा ४० करोडको व्यापार गर्ने र एक हप्तामा फिल्मले सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

अमर कौशिकको निर्देशनमा तयार भएको फिल्ममा आयुष्मनमा साथ अभिनेत्री यामी गौतम र भूमि पेडनेकरको मुख्य भूमिका रहेको छ । केही इमोशनल तथा कमेडी जनरामा तयार फिल्म ‘बाला’ उमेरमै सबै कपाल झरेर ‘तालु खुइले’ भएका युवाको संघर्षको कथा रहेको छ । आधाभन्दा बढी कपाल झरिसकेको छ कारणले उसलाई केटीहरूले वास्ता नगरी मजाक उदाउने गर्छन् ।

आयुष्मानले फिल्मको पोस्टर अगाडि साइकलमा कपाल नभएका व्यक्तिको फोटो सेयर गरी उक्त फिल्म आफ्नो र बाला टिमको मात्रै नभइ बालाजस्तै सर्वसाधारणको भएको बताउँदै दोस्रो दिन बक्स अफिसमा आएको वृद्धिको खुशी ट्वीटरमा सेयर गरेका छन् । उनले मनोरञ्जनात्मक शैलीमा फिल्मले दिन खोजेको बलियो समाजिक सन्देशलाई दर्शकले सजिलै बुझेकोमा धन्यवाद दिएका छन् ।

Loading...