fbpx

५१औं दिनमा ‘कबड्डी ३’, बन्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म

विराटनगर, २४ कात्तिक । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले बक्सअफिसमा धमाका मचाउदै ५१ औँ दिन मनाएको छ । फिल्म संबिधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आएको थियो ।

हिजो शनिवारका दिन राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण सिनेमा तथा अष्टनारायण हलमा फिल्म ५१औँ दिनमा प्रदर्शनमा आएको हो । वितरक कम्पनी स्टेशन फाइभले फिल्मका अनुसार फिल्म प्रदर्शन भएको ५१ औँ दिनमा आइपुग्दा फिल्मले १४ करोड ग्रस कलेक्सन गरेको छ ।

‘कबड्डी’का तीन सिरिजमध्ये सबैभन्दा धेरै कमाउन सफल भएको फिल्म बन्दै ‘कबड्डी ३’ नै यस वर्ष अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । निर्माण टिमले फिल्मको चौथो सिरिज पनि बनाउने जानकारी दिइसकेको छ ।

स्वजातिय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तद्र्वन्द्वको कथामा आधारित रहेको फिल्ममा अभिनेता दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सनविक्रम राई, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुस्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर लगायतकलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक रामबाबु र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

Loading...