fbpx

अन्नपूर्ण हाम्रो गोल्डकपको उपाधिका लागि आर्मी र चर्च ब्वाइज काठमाडौं भिड्दै, कसले मार्ला बाजी ?

विराटनगर, २४ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको फाइनल खेल सोमबार हुँदैछ । डोमालाल राजवंशी रंगाशालामा हुने उक्त उपाधि भिडन्तमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज काठमाडौंले खेल्नेछन् ।

दिउँसो ३ बजेदेखि हुने उक्त खेलमा दुवै टोली उपाधि जित्ने दाउमा छन् । यसअघि सेमिफाइनल खेलमा सिक्किम आक्रामक क्लबविरुद्ध जित निकाल्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो । जसमा, सिक्किमविरुद्ध ४–३ गोलको नतिजा निकाल्दै आर्मीले फाइनलसम्मको यात्रा तय गरेको हो । त्यसअघि सेमिफाइनलका लागि आर्मीले आसामको क्लब मोलवेलाई हराएको थियो ।

dsf

यता, आर्मीको प्रतिद्वन्द्वी क्लब चर्च ब्वाइज काठमाडौं भने विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । काठमाडौं नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । त्यसअघि काठमाडौंले गोर्खा ब्वाइज रुपेन्देहीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

जायन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार रुपैयाँ र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगिता कात्तिक १६ गतेबाट सुरु भएको थियो ।

Loading...