fbpx

ला लिगामा आज हुँदैछन् यी पाँच खेल, एथ्लेटिका र सेभिल्ला प्रतिस्पर्धामा

विराटनगर, २४ कात्तिक । स्पेनिस ला लिगामा आज पाँच खेल हुँदैछन् । जारी लिगको १३औं साताको अन्तिम दिन आज १० वटा टोलीले खेल्न लागेका हुन् ।

आज हुने पहिलो खेलमा आरसीडी मल्लोर्का र भिल्लारियलले खेल्नेछन् । नेपाली समयअनुसार अपराह्न ४ः४५ बजेदेखि सुरु हुने उक्त खेल मल्लोर्काको घरेलु मैदानमा हुनेछ । यस्तै दोस्रो खेलमा एथ्लेटिक बिल्बाओ र लेभान्टेले खेल्नेछन् । यो खेल साँझ ६ः४५ बजे बिल्बाओ घरेलु मैदानमा हुनेछ ।

आजको तेस्रो खेलमा साबिकको उपविजेता एथ्लेटिको मड्रिडले स्पान्योलसँग खेल्दैछ । एथ्लेटिकोकै घरेलु मैदानमा हुने यो खेल राति ८ः४५ बजेबाट हुनेछ । यस्तै चौथो खेलमा गेटाफे र ओसासुनाले खेल्दा पाँचौं खेलमा रियल बेटिस र सेभिल्लाले खेल्नेछन् । गेटाफे र ओसासुनाबीचको राति ११ः१५ बजेबाट सुरु हुनेछ भने बेटिस र सेभिल्लाबीचको खेल राति १ः४५ बजेबाट बेटिसकै मैदानमा हुनेछ ।

Loading...