fbpx

कपाल झर्नुका विभिन्न कारणहरू

विराटनगर, २४ कात्तिक । कपाल झर्नु एक प्राकृतिक प्रक्रिया हो । तर, अस्वभाविक रूपले दिनहुँ धेरै कपाल र्झछ भने त्यो चिन्ताको विषय बन्न सक्छ । खासगरी महिलाहरू यसबाट बढी पीडित हुने गर्छन् ।

कपाल र्झनबाट कसरी रोक्ने भनेर बुझ्नुका लागि पहिला कपाल किन र्झछ भन्ने कुरालाई बुझ्नु पर्ने हुन्छ । कपाल झर्नुका अनेक कारण हुनसक्छन् । वन्शाणुगत कारण, शरीरमा पोषणको कमी, प्रदूषणका कारण धेरै मानिसहररूलाई कपाल झर्ने समस्याले निकै सताइरहेको हुन्छ । हालैको एक अनुसन्धानले पत्ता लगाएअनुसार तनाव या मानसिक चिन्ताको कारण कपाल पनि झर्ने गर्छ । मानिसको शरीरमा पाउने जीन्स नै कपाललाई मजबुत बनाउने प्रमुख तत्व हो ।

यीबाहेक कयौं बाहिरी कारणहरुले पनि हाम्रो कपालमा निकै प्रभाव पारेको हुन्छ । खराब जीवनशैली र जंक फुडले कपाललाई नोक्सानी पुर्याउँछन् । शरीरमा भिटामिन ए, बी, प्रोटिन, केराटिनको कमीले गर्दा कपाल झर्न सक्छ । इन्सोमिया तथा अन्य निद्रासम्बन्धि देखा पर्ने समस्याले कपालको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।

वातावरणीय प्रभाव तथा मौसम परिवर्तनले कपाललाई निकै कमजोर बनाउन सक्छ । किनकी वातावरण परिवर्तन आएमा सबैभन्दा बढी असर हाम्रो कपालमा पर्छ । बंशाणुगत कारण होस् या थाइराइड हर्मोनको असन्तुलन, महिनावारी बन्द हुने वा अन्य हर्मोनसम्बन्धी गडबडीको कारण तीव्र मात्रामा कपाल झर्ने समस्या हुन सक्छ ।

कपालमा विभिन्न स्टाइल बनाउनका लागि प्रयोग गरिने सामाग्रीको प्रयोग गर्नु नै कपाल झर्नुको प्रमुख कारण बन्न सक्छ । साथै कपाल झर्न रोक्नका लागि बजारमा पाइने विभिन्न केमिकलले बनेको श्याम्पू, तेल तथा कन्डिसनरको प्रयोग गर्दासमेत समस्या झन् बल्झिन सक्छ । साथै घरेलु उपायका धेरै प्रयासहरू गर्दा पनि प्रतिफल शून्य जस्तै आएको हुन्छ । दैनिक खाइने खानेकुरामा यस्ता पोषक तत्वहरू समावेश गर्न सकिएमा कपाल झर्ने समस्या रोकिन सक्छ ।

Loading...