fbpx

कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर भन्ने नारासहित गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ कात्तिक । ‘कालापानी’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेको चर्चा चलिरहँदा ‘कालापानी’ नामक गीतलाई सार्वजनिक गरिएको हो ।

कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर भन्ने नारासहित गीतको भिडियोलाई युटुबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू एकसाथ मिलेर आफ्नो देशको भूमि बचाउनका लागि मिलेर जुट्नुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रभावन जेको शब्द तथा संगीत रहेको गीतमा जेका साथ सपना गुरुङ, कुमार पौडेल, विवेक चौलागाइँ र जीवन बादुको स्वर रहेको छ । जीवन बादुको एरेन्ज रहेको गीतलाई नवीन भट्टले सम्पादन गरेका हुन् ।

Loading...