fbpx

मेस्सी र ग्रिजम्यानको सम्बन्ध : ट्रेनिङमा नबोल्ने, आँखा पनि नजुधाउने

एजेन्सी, २४ कात्तिक । फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका एन्टोइन ग्रिजम्यान यसै सिजन मात्र एथ्लेटिको मड्रिडबाट बार्सिलोना आए । १ सय २० मिलियन युरोमा बार्सिलोना आएका फ्रेन्च स्टार ग्रिजम्यानले अहिले लियोनाल मेस्सीसँगै खेलिरहेका छन् ।

af

ग्रिजम्यान बार्सिलोना आइकन कप्तान मेस्सीसँग धेरै वटा खेल पनि खेलिसकेका छन् । तर, यी दुईको सम्बन्ध खासै राम्रो नरहेको स्पेनिस मिडियाका रिपोर्टहरूले जनाएका छन् । स्पेनिस मिडियाका विभिन्न रिपोर्टका अनुसार मेस्सी र ग्रिजम्यान ट्रेनिङमा बोल्दैनन् र आँखामा आँखा जुधाउनेसमेत गर्दैनन् ।

गत मंगलरबार च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले स्लाभिया प्रहासँग खेलेको थियो । समूह चरणको खेलअन्तर्गत बार्सिलोना प्रहासँग गोलरहित बराबरीमा रोकिएको थियो । उक्त खेलमा मेस्सीले खाली अवस्थामा रहेका ग्रिजम्यानलाई पास गरेनन् ।

af

यस्तै–यस्तै अवस्थाहरूलाई मध्यनजर गर्दै मेस्सी र ग्रिजम्यानको सम्बन्ध राम्रो नरहेको स्पेनिस टिभीको एक रिपोर्टले जनाएको छ । ‘एल चिरिङ्गुइटो’को एक रिपोर्टले मेस्सीले प्रहाविरुद्धको खेलमा ग्रिजम्यानको विश्वास नगरेको र पास नदिएको निष्कर्ष निकालेको छ । लामो अध्ययनपछि उक्त रिपोर्टले मेस्सी र ग्रिजम्यान अभ्यासका क्रममा नबोल्ने र खेलमा आँखासमेत नजुधाउने निष्कर्ष निकालेको हो ।

उनीहरू नजिकमा रहँदा पनि एक–अर्कालाई हेर्दैनन् । यद्यपि, मिडियामा भने यी दुई एक–अर्काका बारेमा बोल्ने गर्छन् । केही समयअघि ग्रिजम्यानले टिमका कप्तान मेस्सीसँग सम्बन्ध स्थापना गर्न गाह्रो भइरहेको बताएका थिए । उनले मेस्सी अरु खेलाडीजस्तो धेरै नबोल्ने बताउँदै उनले भनेका थिए, ‘उनीसँग मेरो पनि खासै कुरा हुन पाएको छैन । यो एकदमै गाह्रो छ । तर, चाँडै ठीक हुनेछ ।’

त्यसको जवाफमा मेस्सीले भने आफूहरूबीच राम्रो सम्बन्ध भएको बताएका थिए । ‘हामीबीचमा त्यस्तै कुनै अफ्ठेरो कारण छैन’, उनले भनेका थिए,‘ पक्कै पनि उनी (ग्रिजम्यान) र मबीच कुनै समस्या छैन । हामीबीच राम्रो सम्बन्ध छ । यहाँ सबैसँग राम्रो सम्बन्ध छ । हामी एक भएका छौं । हामी दुवैलाई थाहा छ कि, त्योबेलाको अवस्था राम्रो रहेन अब सबै ठीक हुनेछ ।’

Loading...