fbpx

अन्तरिक्षमा पठाइयो वाइनका दर्जन बोतल

एजेन्सी, २४ कात्तिक । वैज्ञानिकहरूले अन्तरिक्षमा करिब एक दर्जन वाइनको बोतल पठाइएका छन् । अन्तरिक्षमा ती वाइन पिउनका लागि नभएर विभिन्न विषयमा अनुसन्धान गर्नका लागि पठाइएको हो ।

भारहीनता र विकिरणको असर रक्सी र अन्य पेय पदार्थमा कस्तो पर्छ भन्ने विषयमा अनुसन्धान गर्नका लागि अन्तरिक्षमा वाइन पठाएको वैज्ञानिकहरूले बताएका छन् । पठाइएका वाइनका ति बोतल अन्तरिक्षमा करिब एक वर्षसम्म राखिने भएको छ । उक्त अनुसन्धानमा जर्मनी र फ्रान्सका दुई विश्वविद्यालयले भाग लिएका छन् ।

वाइन नै किन पठाइएको भन्ने जिज्ञासामा वैज्ञानिकहरूले समयसँगै वाइनमा विभिन्न रासायनिक प्रक्रिया हुने हुँदा अनुसन्धानमा थप सहयोग पुग्ने बताए । शोधकर्ताहरूले उक्त अनुसन्धान सार्थक भएमा भविष्यमा कृषिका बारेमा पनि महत्त्वपूर्ण जानकारी प्राप्त हुने बताए ।

वाइनका यी बोतल नफुटोस् भनेर तिनलाई धातुको कन्टेनरमा प्याक गरेर पठाइएको थियो । तीन वर्षसम्म अन्तरिक्षमा रक्सीको बोतल यसरी नै पठाइने भएको छ । वाइन पठाउनुअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा स्कच र ह्विस्कीको बोतल पनि पठाइएको थियो ।

Loading...