fbpx

पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा जटिल, यस्ता छन् कारण

विराटनगर, २४ कात्तिक । सामान्यतया मानिसहरू स्तन क्यान्सरको खतरा महिलालाई मात्र हुन्छ भनेर सोच राखछन् । तर, स्तन क्यान्सर महिलालाई बढी हुने भएपनि पुरुषलाई स्तन क्यान्सरको खतरा महिलाहरूको भन्दा अत्यधिक हुने गर्छ ।

पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै जटिल हुन्छ । पुरुषको स्तनमा मासु धेरै नहुने कारणले उनीहरूको ब्रेस्टमा ट्युमर सहजै पत्ता लगाउन सकिन्छ । सामान्यतया उमेर धेरै भएका तथा मोटोपनको समस्या भएका व्यक्तिहरूलाई यसको बढी खतरा हुने गर्छ । ४० देखि ६० वर्षसम्म पुरुषहरूमा क्यान्सरको धेरै खतरा हुन सक्छ, साथै मोटोपनको कारण शरीरमा फ्याट सेल्सको संख्या बढ्ने हुँदा पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ ।

रक्सी तथा चुरोटको सेवन गर्ने पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ । योबाहेक १०० भन्दा धेरै रोगहरूको कारण बन्न सक्छ । कतिपय रोगहरुको उपचार गर्दा रेडियसन थेरापीको प्रयोग गरिन्छ । यो थेरापीको कारण स्तन क्यान्सरको खतरा बढ्ने हुन सक्छ । साथै कलेजोको बिरामी भएका पुरुषलाई तथा फ्याटी लिभर र लिभर सिरोसिसको लामो समयसम्म उपचार नगरेका पुरुषहरूलाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ ।

स्तन क्यान्सरको कारण छातीमा असहज महसुस हुन जान्छ । स्तनको आकारमा परिवर्तन आएमा, छुँदा कडा भएमा, गाँठो देखेमा तथा दुखेमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ । ब्रेस्ट क्यान्सरबाट बच्न पुरुषले सावधानी अपनाउन जरुरी हुन्छ । उमेर बढ्दै जाँदा खानपानमा ध्यान दिएर, पर्याप्त सुतेर, ब्यायाम गरेर, जीवनशैलीलाई स्वस्थ र व्यवस्थित बनाउन जरुरी छ ।

आफ्नो शरीरको तौल, ब्लड प्रेसर, ब्लड सुगर र कोलेस्ट्रोललाई कन्ट्रोलमा राख्नु पर्छ । स्तन क्यान्सरबाट बच्नका लागि धूम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

Loading...