fbpx

श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ

सोलुखुम्बु, २४ कात्तिक । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सेताङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय शिव नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो । घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...