fbpx

‘बार्सिलोना मेस्सीमा निर्भर छ’

एजेन्सी, २४ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले आफ्नो क्लब कप्तान लियोनल मेस्सीमा निर्भर रहेको बताएका छन् । मेस्सीको ह्याट्रिकको सहायताले आफ्नो आठौं जित निकालेपछि प्रशिक्षक भाल्भेर्डेले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध ४–१ गोलको शानदार जित निकाल्दा कप्तान मेस्सीले ह्याट्रिक गरेका थिए । आफ्नै मैदान क्याप नोउमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन मेस्सीले ह्याट्रिक गर्दा सर्जियो बुस्क्वेट्सले एक गोल गरेका थिए । खेलको २३औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै मेस्सीले सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ४५औं मनेटमा र ४८औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे ।

sdf

उक्त ह्याट्रिकसँगै मेस्सीले ला लिगामा आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको रेकर्डसँग बराबरी गरे । ३४ औं ह्याट्रिक गरेका मेस्सीका विषयमा बोल्दै प्रशिक्षक भाल्भेर्डेले आफ्नो क्लब मेस्सीमा निर्भर रहेको बताएका हुन् । उनले भनेका छन्, ‘मेस्सीमा निर्भर नहुनु असम्भव छ । बार्सिलोना उनमा निर्भर र उनमा निर्भर हुँदा नै हामी सफल हुन्छौं । उनले सबैकुरालाई चम्काउँछन् । आज हाम्रो जितको कारण नै मेस्सी रहे । उनले तीन गोल गरे र हामीले फाइदा उठायौं । यसले गर्दा हाम्रा प्रतिद्वन्द्वी क्लब डराएका छन् । जब हामी जित्छौं तब हामी सबैले जित्छौं । उनीहरूले जित्नछन् जसले राम्रो खेलेका छन्, लियो जस्तै ।’

aa

यसैगरी उनले लेभान्टेसँगको हारको विषयमा पनि बोलेका थिए । ‘जब हामी जित्दैनौं त्यसपछि हामीले तयारी राम्रो गर्ने हो ।’

मेस्सीको ह्याट्रिकको सहयताले जित निकालेको बार्सिलोनाले २५ अंक बनाएको छ । अंक तालिकको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ खेलमध्ये ८ खेलमा जित निकालेको छ भने १ खेलमा बराबरी खेल्दा ३ खेलमा हार ब्यहोरेको छ । अंक तालिकाको दोस्रो स्थानमा भने रियल मड्रिड छ । समान २५ अंक नै भएको रियल गोलान्तरको आधारमा बार्सिलोनाभन्दा पछि छ ।

Loading...