fbpx

मोटोपनाबाट छुट्कारा पाउन काउली, यस्ता छन् काउलीका फाइदा

विराटनगर, २४ कात्तिक । नेपालीहरूको अधिकांश भान्सामा आजभोलि सबैभन्दा बढी पाक्ने तरकारी काउली बनेको छ । काउली स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । काउलीमा प्रसस्त मात्रामा फाइबर, भिटामिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, एन्टिअक्सिडेन्ट, मिलरल्स र पोटासियमजस्ता खनिजहरू पाइन्छ ।

यी खनिज पदार्थहरूका साथै काउलीमा पाइने विभिन्न खाले औषधीय गुणका कारण यसको नियमित सेवनले मानव स्वास्थ्यका लागि धेरै फाइदा पुग्ने विज्ञहरुले बताउँदै आएका छन् । काउलीमा पाइने फाइबरले पाचन क्रियालाई सक्रिय पारेर पेटसम्बन्धी विभिन्न रोगहरूबाट बचाउन सहयोग गर्छ ।

काउली वजन नियन्त्रणका लागि निकै सहयोगी सावित मानिने हुँदा यसको नियमित सेवनले मोटोपनाबाट छुटकारा दिलाउन समेत मद्दत गर्छ । विभिन्न वैज्ञानिक अध्ययनहरुले काउलीले पेटको क्यान्सरको खतरासमेत कम गर्न सक्ने तथ्य पत्ता लगाएका छन् ।

काउलीमा पाइने क्याल्सियमले शरीरको हड्डी तथा दाँतलाई स्वस्थ र बलियो बनाउँछ । गर्भावस्थामा समेत काउलीको सेवनले गर्भमा रहेको बच्चाका लागि लाभदयाक हुन्छ । काउलीको सेवनले रुघाखोकी तथा घाँटी सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट छुट्कारा दिलाउँछ ।

दिसाबाट रगत बग्ने, पाइल्स, पिसाब पोल्ने, कोलस्ट्रोल भएका, जन्डिस तथा मधुमेहका रोगीका लागि काउलीको सेवन निकै फाइदाजनक हुन्छ । रक्तचाप सन्तुलन तथा रगतमा भएका विषाक्त पदार्थको निष्कानमा मद्दत पुग्ने हुँदा छालालाई चम्किलो पारेर कपाल झर्ने समयलाई घटाउन समेत काउली सहयोगी हुन्छ ।

Loading...