fbpx

प्रिमियर लिग : लिभरपुल र सिटीको भिडन्त हुँदै, युनाइटेड पनि प्रतिस्पर्धामा

विराटनगर, २४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा आज ३ खेल हुँदैछन् । जारी लिगको बाह्रौं साताको अन्तिम दिन आज ६ वटा टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आजको खेलमा साबिकको विजेता म्यानचेष्टर सिटी र उपविजेता लिभरपुलले एक–अर्काविरुद्ध भिडन्त गर्दैछन् । यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछ । सिटी र लिभरपुलबीचको खेल भने लिभरपुलकै घरेलु मैदानमा हुनेछ ।

af

नेपाली समयअनुसार राति १०ः१५ बजेबाट हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै उपाधि होडमा बलियो बन्न चाहन्छन् । लिभरपुल सिटीलाई हराउँदै प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै गर्ने दाउमा हुनेछ । जारी लिगको शीर्ष स्थानमा रहेको उसले ११ खेलमध्ये १० खेलमा जित र एक खेलमा बराबरी खेल्दै ३१ अंक बनाएको छ । ऊ दोस्रो स्थानको लेइस्टर सिटीभन्दा ५ अंकले अगाडि छ ।

यता, सिटी भने अंक तालिकाको चौथो स्थानमा छ । उसँग २५ अंक छ । आजको खेलमा ऊ लिभरपुलविरुद्ध जित निकाल्दै अंकदूरी छोट्याउने दाउमा छ । र, लिभरपुलको अपराजित यात्रामा पूर्ण विराम लगाउने दाउमा छ ।

यस्तै आजै हुने अर्को खेलमा उपाधि दाबेदार मानिएको टोली युनाइटेडले ब्राइटनविरुद्ध खेल्दैछ । नेपाली समयअनुसार राति ७ः४५ बजेबाट सुरु हुने उक्त खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोल्डमा हुनेछ । जारी लिग ब्राइटन आठौं तथा युनाइटेड १४औं स्थानमा छ । ब्राइटनसँग १५ अंक छ भने युनाइटेडसँग १३ अंक छ ।

सोही समय हुने अर्को खेलमा एस्टोन भिल्ला र वुल्भसले पनि प्रतिस्पर्धा गर्दैछन् ।

Loading...