fbpx

‘दबंग ३’को ‘यु करके’ गीतमा सलमानको आवाज (भिडियोसहित)

विराटनगर, २४ कात्तिक । डिसेम्बर २० मा रिलिज हुने तय गरिएको बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘दबंग ३’को गीतका लागि सलमान आफैँले स्वर दिएका छन् । फिल्ममा समावेश गरिएको ‘यु करके’ बोलको गीतलाई सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियो भने छैन । साजिद वाजिदको कम्पोज रहेको उक्त गीतमा सलमानसँगै गायक पायल देवले पनि स्वर दिएका छन् । फिल्ममा सलमान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देखिएका छन् । फिल्ममा सलमानले चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् ।

एक्सन र कमेडीले भरिएको फिल्ममा सलमान, अभिनेत्री सोनाक्षी सिन्हा र साइ माञ्जरेकर का साथ माही गिल, टिनु आनन्द, सुदीप किच्चा र अरबाज खानलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । वयस्क सलमानको पत्नीको भूमिकालाई सोनाक्षी सिन्हा देखिने भएकी छन् भने युवा सलमानको नायिकाको रूपमा साइको भूमिका रहने भएको छ ।

फिल्ममा कन्नडका सुपरस्टार सुदीपले भिलेनको भूमिका निर्वाह गरेका छन् । प्रभु देवाले निर्देशन गरेको फिल्मलाई सलमान, अरबाज र निखिल द्विवेदीले मिलेर निर्माण गरेका हुन् । फिल्मको कथा सलमान आफैँले लेखेका हुन् भने पटकथामा प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् । ‘दबंग’को दुई सिक्वेलको अपार सफलतापछि तेस्रो सिक्वेल अलि बढी मनोरञ्जनात्मक हुने निर्माण टिमले जनाएको छ ।

Loading...