fbpx

क्षयरोगका लक्षणहरू देखा नपर्न पनि सक्छन्

विराटनगर, २४ कात्तिक । अधिकांश मानिसहरूमा माइकोब्याक्टेरियम ट्युबरक्युलोसिस नामको ब्याक्टेरियाको कारणले क्षयरोग अर्थात् टिबी लागेको पाइन्छ । साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ । फोक्सोको साथ साथै यसले शरीरका अन्य भागहरूमा पनि नकारात्मक असर पुर्याउन सक्छ ।

प्राय: क्षयरोकका संक्रमण भएका बिरामीहरूमा लक्षणहरू देखापर्दैनन् । र, त्यस्तो अवस्थालाई निष्क्रिय क्षयरोग अर्थात् लाटन्ट ट्युबरक्युलोसिस भनिने गरिन्छ । करीब दस जना व्यक्तिहरूमा एक निष्क्रिय क्षयरोग बिस्तारै बढ्दै गएर सक्रिय हुन सक्छ ।

लामो अवधिको खोकी, छाती दुख्नु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु र तौल घट्दै जानु आदि सक्रिय क्षयरोगका लक्षणहरू हुन् । फोक्सोका साथी अन्य अङ्गहरूमा पनि संक्रमण भएको खण्डमा यी लक्षणका साथै अन्य धेरै लक्षणहरू पनि देखा पर्न सक्छन् ।

लक्षणहरू पनि देखा पर्नेबित्तिकै परिक्षन गराई डाक्टरको परामर्शअनुसार औषधि उपचार सुरु गर्नु पर्छ । लामो अवधिसम्म धेरै थरी एन्टिबायोटिक औषधिको प्रयोग गरिने हुँदा तथा औषधिले विभिन्न साइड इफेक्टसमेत गर्ने हुनाले यो रोगको उपचार केही झन्झटिलो छ । तर, समयमै उपचार नभएको खण्डमा संक्रमित ५०५ रोगीको क्षयरोगका कारणले मृत्यु समेत हुन सक्छ ।

क्षयरोग लागेका मानिसहरूमा यदि सक्रिय किटाणुहरू छन् भने बिरामीले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरूको माध्यमबाट हावा हुँदै अर्को व्यक्तिमा सर्ने सम्भावना अत्यधिक रहेको हुन्छ । त्यसैले, आवश्यकता परेको खण्डमा घर, काम गर्ने स्थान तथा सामाजिक सम्पर्कका आइरहने व्यक्तिहरूमा पनि परीक्षण तथा उपचार गरिने गरिन्छ ।

Loading...