fbpx

सिरी ‘ए’ : युभेन्टस र मिलानको भिडन्त हुँदै, रोमा पनि प्रतिस्पर्धामा

विराटनगर, २४ कात्तिक । इटालियन सिरी ‘ए’ अन्तर्गत आज ६ खेल हुँदैछन् । जारी लिगको १२औं साताको अन्तिम दिन आज १२ वटा टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आजका खेलमा डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टस पनि प्रतिस्पर्धामा छ । साबिकको विजेता युभेन्टसले आफ्नो बाह्रौं खेल खेल्दैछ । नेपाली समयअनुसार राति १ः३० बजेबाट हुने उक्त खेलमा युभेन्टसले एसी मिलानसँग प्रतिस्पर्धा गर्न लागेको हो । यी दुईबीचको खेल युभेन्टसको मैदानमा हुनेछ ।

aa

आजको खेलमा युभेन्टस आफ्नो अपराजित याात्रा कायमै राख्ने दाउमा छ । हालसम्म अपराजित रहेको उसले ११ मध्ये ९ खेलमा जित र २ खेल बराबरी खेल्दै २९ अंक बनाएको छ । ऊ अहिले अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा भने युभेन्टसभन्दा एक खेल बढी खेलेको इन्टर मिलान छ । इन्टरसँग ३१ अंक छ भने लिगको तेस्रो स्थानमा रहेको रोमासँग २२ अंक छ ।

यता, युभेन्टसको आजको प्रतिद्वन्द्वी एसी मिलान भने १३ औं स्थानको टोली हो । उसँग १३ अंक छ । आजको खेलमा मिलान युभेन्टसको अपराजित यात्रा तोड्ने दाउमा छ । तर, मिलानलाई युभेन्टसविरुद्ध जित निकाल्न सहज भने छैन । किनकी, युभेन्टसका स्टार खेलाडीहरूले भरिपूर्ण टोली हो । युभेन्टसको टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको साथै पाउलो डेबाला, गोन्जालो हिगुइन, फेडेरिको बर्नान्डेस्ची, मार्को ओलिभेरी इम्रे क्यान, डेनिलो, एलेक्स सान्ड्रो, माथिस डी लिग्ट र राबिओटजस्ता खेलाडी समावेश हुन सक्ने सम्भावना छ ।

आज हुने खेलहरू

  1. क्याग्लिआरी भर्सेस फियोरेन्टिना– साँझ ५ः१५ बजे
  2. उडिनेस भर्सेस एसपीएएल–साँझ ७ः४५ बजे
  3. साम्पोडोरिया भर्सेस एटलान्टा–साँझ ७ः४५ बजे
  4. लाजियो भर्सेस लेस–साँझ ७ः४५ बजे
  5. पर्मा भर्सेस रोमा–राति १०ः४५ बजे
  6. युभेन्टस भर्सेस मिलान–राति १ः३० बजे
Loading...