fbpx

‘सरौतो’को गीतमा यस्तो रह्यो भिटेनको र्‍याप (भिडियोसहित)

विराटनगर, २४ कात्तिक । चर्चित र्‍यापर समीर घिसिङ अर्थात् ‘भिटेन’ ले आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’ को प्रमोशनल र्‍याप गीतमा आवाज भरेका छन् । युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा भिटेनको अभिनय साथै फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामालाई देख्न सकिन्छ ।

फिल्मको शीर्ष गीतमा भिटेनको शब्द तथा संगीतका रहेको छ । उनले पहिलो पटक नेपाली फिल्मका लागि गीत गाएका हुन् । भिटेनको गीतले चलचित्रको चर्चा अझै बढाउनेमा निर्माण टिम विश्वस्त देखिन्छ । भिटेनले फिल्मको टिजर हेरेपछि प्रमोशन गीत गाउनका लागि सहमति जनाएको फिल्मका निर्देशक हरि हुमागाँइले बताएका छन् ।

रिभेन्जको स्टोरीमा आधारित भएर निर्माण भएको एक्सन फिल्म ‘सरौतो’मा सुमी र विजयका साथ अभिनेता सन्नी सिंह, मनिषा पुन मगर, प्रतिक दुलाल, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, राजेश रोय, मनोज तामाङलगायतको कलाकारहरूको अभिनय रहेको छ ।

सुमी फिल्ममा एक्सन र लभर गर्लको भूमिका निर्वाह गरेकी छन् । फिल्म विरन्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको संयुक्त ब्यानरमा निर्माण भएको हो । राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाइँको छायांकन र शंकर महर्जनको एक्सन रहेको छ ।

Loading...