fbpx

यसकारण रक्सीले शरीरलाई लठ्ठ पार्छ

विराटनगर, २४ कात्तिक । मानिसहरूले रक्सीको सेवन गरिसकेपछि अलिअलि मात्तिनेदेखि लिएर आफ्नो पूरै होससमेत गुमाउन सक्छन् । उनीहरूलाई रक्सीको नसा लागेको बेलामा आफूले के गरेको के खाएको केही पनि याद हुँदैन । कतिपय मानिसहरू त रक्सीको सेवनले आफ्नो जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् ।

रक्सीमा विशेषगरी मिथाइल अल्कोहल हुन्छ । यसको मात्रा रक्सीको ब्रान्डअनुसार फरक–फरक हुने गर्छ । यही अल्कोहलले नै मानिसलाई एक्साइटमेन्ट, उग्र, आलस्य बनाउने काम गरिरहेको हुन्छ । रक्सी आमाशयमा पुगेपछि तत्कालै रगतमा मिसिन पुग्छ र नसालाई असर गर्न थाल्छ ।

बिस्तारै रगतको माध्यमबाट दिमागसम्म पुग्छ र पछिल्लो पाटोमा असर सुरु हुन थाल्नेबित्तिकै यसले मानिसलाई लठ्याउन पनि सुरु गर्छ । रक्सीको सेवनपछि मानिस खुसी हुने, हाँस्ने, स्मरण शक्ति कमजोर हुने र उत्साहित हुने गर्छन् भने कतिपय धेरै बोल्ने, झगडा गर्ने तथा सुत्ने पनि गर्छन् ।

रक्सीको धेरै मात्रा मस्तिष्कमा पुगेपछि शरीरको ब्यालेन्स नै बिग्रन थाल्छ । बढी प्रयोगले बिस्तारै कलेजो फुल्न गइ कलेजोलाई पनि ड्यामेज गर्ने क्षमता रक्सीमा हुन्छ । रक्सीले विशेषगरी पेट र मस्तिष्कको समस्याहरू निम्त्याउने गर्छ ।

रक्सीले पेटमा ग्यास्ट्रिक, पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी आउने, बान्ता हुनेजस्ता समस्या देखाउन थाल्छ । मस्तिष्कमा पनि उस्तै समस्या सिर्जना गरि डर लाग्ने, ढुकढुकी बढ्ने, रिस उठिरहने, दिक्क लाग्ने, छारेरोग, बेहोस हुने, निद्रा नपर्ने, हात काम्ने, तलतल लाग्ने जस्ता समस्या उत्पन्न गराउँछ ।

त्यस्तै, मदिराले उच्च रक्तचाप, हातखुट्टा झमझमाउने, नसासम्बन्धी समस्य, तथा डिप्रेसन, एग्रेसन, एन्जाइटी, पागलपनजस्ता मानसिक समस्या उत्पन्न गर्छ । साथै यसको सेवनले स्मरणशक्ति कमजोर हुनुका साथै आत्मविश्वासमा पनि कमी ल्याउने गर्छ ।

Loading...