fbpx

रोनाल्डोले ९ वर्षमा बनाएको ह्याट्रिकको कीर्तिमान मेस्सीले १५ वर्षमा बराबरी गरे

विराटनगर, २४ कात्तिक । स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो ३४औं ह्याट्रिक पूरा गरेका छन् । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोविरुद्ध ४–१ गोलको शानदार जित निकाल्दा उनले ह्याट्रिक गरेका थिए ।

af

आफ्नै मैदान क्याप नोउमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन मेस्सीले ह्याट्रिक गर्दा सर्जियो बुस्क्वेट्सले एक गोल गरेका थिए । खेलको २३औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै मेस्सीले सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ४५औं मनेटमा र ४८औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरे ।

उक्त ह्याट्रिकसँगै मेस्सीले ला लिगामा आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको रेकर्डसँग बराबरी गरेका छन् । ला लिगामा सर्वाधिक ह्याट्रिक गरेका रोनाल्डोलाई मेस्सीले भेट्टाएका छन् । रोनाल्डोले ९ वर्ष रियल मड्रिड बसाइका क्रममा ३४ ह्याट्रिक गरेका थिए । र, मेस्सीले १५ वर्ष बार्सिलोना बसाइका क्रममा रोनाल्डोको कीर्तिमानी बराबर गरेका हुन् ।

अब ला लिगामा सर्वाधिक ह्याट्रिकर्ताको कीर्तिमानी मेस्सी र रोनाल्डो दुवैको नाममा रहनेछ । रोनाल्डोले सन् २००९ देखि २०१८ सम्म रियलबाट खेलेका थिए । अघिल्लो वर्ष मात्र उनी ला लिगा क्लब रियल छोडेर इटालियन क्लब युभेन्टस गएका हुन् ।

मेस्सीको ह्याट्रिकको सहयताले जित निकालेको बार्सिलोनाले २५ अंक बनाएको छ । अंक तालिकको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १२ खेलमध्ये ८ खेलमा जित निकालेको छ भने १ खेलमा बराबरी खेल्दा ३ खेलमा हार ब्यहोरेको छ । अंक तालिकाको दोस्रो स्थानमा भने रियल मड्रिड छ । समान २५ अंक नै भएको रियल गोलान्तरको आधारमा बार्सिलोनाभन्दा पछि छ ।

Loading...