fbpx

अष्ट्रेलियमा डढेलो : ३ जनाको मृत्यु, १५० घर जलेर नष्ट

काठमाडौं । अष्ट्रेलियामा एक झाडीबाट फैलिएको आगोले उग्र रुप लिँदा ३ जनाको मृत्यु भएको छ । १५० घर जलेर नष्ट भएको छ । झाडीबाट सल्किएको डढेलो गाउँमा पनि सल्किएको हो ।

अष्ट्रेलियाको पूर्वी क्षेत्रमा झण्डै १ हजार किलोमिटर क्षेत्रमा आगो लागेको छ । आगोले जलेर अन्य धेरै गम्भीर घाइते भएका छन् ।आगलागीका कारण हजारौं नागरिक विस्थापित भए । जंगलमा लागेको डढेलो बस्तीमा प्रवेश गरेपछि हजारौं मानिसहरू विस्थापित भएका हुन् ।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि १ हजार ३ सय अग्नि नियन्त्रक टोली पठाइएको छ । ७८ जहाज आगो निभाउन खटाइएको छ ।

आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताए । स्थानीय सयौं व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयंसेवकका रूपमा निरन्तर काम गरिरहेका छन् ।

Loading...