fbpx

स्वादिलो टिम्मुरको यस्तो छ औषधीय गुण

विराटनगर २४ कात्तिक । टिमुर एक प्रमुख मसला हो । नेपालमा विशेष गरि टिमुरलाई अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा वा धुलो वनाएर मासु तथा विभिन्न तरकारीहरूमा स्वादका लागि प्रयोग गरिन्छ । स्वादका लागि मात्र नभएर ओखतीको रुपमा पनि यसले काम गर्छ ।

टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।टिमुरमा फस्फोरसको पाइने हुदा यसको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्नुका साथै हाडको लागि पनि निकै उपयोगी हुन्छ । आयुर्वेदिकका अनुसार टिमुरले दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजा तथा अरुचिको समस्यालाई हटाएर भोक जगाउने काम गर्छ ।

नियमित रुपमा टिमुरको प्रयोगले आँखाको दृष्टि कम भएका, न्युन रक्तचाप भएका व्याक्तिलाई एकदम लाभदायक हुन्छ । टिमुरको प्रयोगले पेटमा लाग्ने बिभिन्न किरा तथा जुगाहरुलाई मार्न सहयोग पुर्‍याउँछ । टिमुरले क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्छ ।

टिमुरको फलको बोक्राबाट तयार पारिएको सुगन्धित तेलले हात खुट्टा मर्किएमा, टाउको दुखेमा, पिनास भएको बेला टिमुरको तेलले मसाज गर्दा निको हुन्छ ।

Loading...