fbpx

ला लिगा : शीर्ष स्थानकाे खाेजीमा बार्सिलोना र रियल मड्रिड

एजेन्सी, २३ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा आज चार खेल हुँदैछ । चार खेलमा उपाधि दाबेदार मानिएको बार्सिलोना र रियल मडिड पनि मैदान उत्रदैछन् ।

तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोना सेल्टाभिगोसँग प्रतिस्पर्धा गर्नेछ भने रियल मड्रिडले इवरसँग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाले घरेलु मैदानमा सेल्टा भिगो विरुद्ध मैदान उत्रदा शीर्ष स्थानमा उक्लने लक्ष्य राख्नेछ । तालिकाकाे दाेस्राे स्थानमा रहेकाे बार्सिलोना र सेल्टाबीचको खेल राति १: ४५ बजे सुरु हुनेछ । बार्सिलोना मैदान उत्रनु भन्दा अगाडी रियल मड्रिड इबर विरूद्ध मैदान उत्रदैछ । रियल र इबरबीचको खेल राति ११: १५ मा सुरु हुनेछ ।

इबरविरुद्ध रियल पनि जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । तालिकाकाे तेस्रो स्थानको रियलको ११ खेलबाट २२ अंक जाेडेकाे छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाले पनि  समान खेलबाट २२ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रियलसोसिडाड छ । उसले १३ खेलमा २३ अंक जाेडेकाे छ ।

ला लिगा अन्तर्गत नै भ्यालेन्सियाले ग्रानडासँग खेल्नेछ । त्यस्तै डिपोर्टिभो अल्भेस र रियल भालाडोलिटसँग पनि प्रतिस्पर्धा गर्नेछ ।

Loading...