fbpx

सवारी दुर्घटनामा युवकको मृत्यू

विराटनगर, २३ कात्तिक । मोरङको सुन्दरहरैचा नगरपालिका– ४ मा भएको सवारी दुर्घटनामा परी एक युवतको मृत्यू भएको छ । शनिबार बिहाद भएको दुर्घटनामा परी सुन्दरहरैचा नगरपालिका– ८ का १९ वर्षिय बालकुमार पुरीको मृत्यू भएको हो ।

शनिबार बिहान पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ९ प ३३०० मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को २५ प ९४५१ को मोटरसाइकल एकआपस ठोक्कीएको थियो ।

दुर्घटनामा घाईते भएका उनलाई उपचारको लागि बिराट नर्सिङ होम विराटनगर भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Loading...