fbpx

अन्नपूर्ण गाेल्डकप : पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज फाइनलमा

विर्तामोड , २३ कात्तिक । नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज क्लब झापामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

उपाधि दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई ०–१ गोलले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । उपाधिकालागि चर्च ब्वाइजले भित्रुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजकालागि २६ औँ मिनेटमा सुनिल खड्काले गोल गरे । बाकीँ समयमा गोल हुन नसकेपछि चर्च ब्वाइजले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

खेलको २३औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई लडाएपछि पाएको पेनाल्टीमा सुमनले सदुपयोग गर्न सकेनन् । सुमनको प्रहार चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठ बचाउ गरेका थिए ।
त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनाएको थियो ।

खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईले रातो कार्ड पाएका थिए ।

खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।

गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ ।

गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ  ।

Loading...