fbpx

भारतको असली रुपमा विश्वले हेर्न पायो

पाकिस्तान २३ कात्तिक । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा बाबरी मस्जिद भत्काएको ठाउँमा राम मन्दिर बनाउन सर्वाेच्च अदालतले दिएको फैसलापछि पाकिस्तानले भारतको अतिबादी स्वरुप विश्वले हेर्न पाएको प्रतिकृया दिएको छ । मन्दिर बनाउने कि मस्जिद बनाउने भन्ने विवादका बीच आएको अदालतको फैसालामा पाकिस्तानले आक्रामक प्रतिक्रिया दिएको हो ।

शनिबार भारतका मुख्य न्यायाधीश रन्जन गोगोईको अध्यक्षतामा रहेका पाँच न्यायाधीशको बेन्चले राम मन्दिर बनाउन पाउने गरि रामलालाको पक्षमा फैसला सुनाएको छ । अदालतले मुस्लिम पक्ष (सुन्नी वफ्फ बोर्ड)लाई छुट्टै पाँच एकड जमिन मस्जिद बनाउने दिन सरकारलाई निर्देशन दिएको छ ।

भारतमा यसको सबै पक्षले सन्तुलित रहेको प्रतिकृया दिएपनि किस्तानले आक्रामक प्रतिक्रिया दिएको हो । पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गुफरले ट्वीट गर्दै विश्वले एक पटक फेरि अतिवादी भारतको असली अनुहार हेरेको उल्लेख गरे ।

पाँच अगष्टमा कश्मीरको संवैधानिक दर्जा खारेज गर्‍यो र अब बाबरी मस्जिदमा फैसला आयो । रेडियो पाकिस्तानकाअनुसार विदेशमन्त्री शाह महमूद कुरैशीले फैसलामा मोदी सरकारको कट्टरता झल्किएको बताए । भारतमा मुसलमान दबावमा रहेको पाकिस्तानको प्रतिकृया छ ।

Loading...