fbpx

एमसीसीसँग नेपाली टोली पराजित

काठमाडौं २३ कात्तिक । नेपाल भ्रमणमा रहेको बेलायती क्रिकेट क्लब मेरिलेबोल क्रिकेट क्लब (एमसीसी) सँगको टी २० क्रिकेटमा नेपालले हार व्योहोर्नु परेको छ । एमसीसीले नेपाललाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान उत्रिएको नेपाल ब्याटिङ र बलिङ दुबैमा जम्न सकेन् ।

एमसीसीले दिएको १ सय ९० रनको लक्ष्यमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो । यसअघि पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

Loading...