fbpx

अयोध्यामा राम मन्दिर बनाउन पाउने सर्वाेच्चको फैसला

विराटनगर २३ कात्तिक । भारतको सर्वाेच्च अदालतले रामजन्म भूमिमा मन्दिर बनाउन पाउने गरि फैसला सुनाएको छ । मुख्य न्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा भएको फैसलामा ४० दिनसम्म सुनुवाई गरिएपछि यस्तो फैसला आएको हो ।

बाबरी मस्जिदको विषयमा शनिवार भएको फैसलामा मुस्लिम समुदायको लागि वैकल्पिक क्षेत्र दिन आदेश दिएको छ । गोगोेईसहित न्यायाधीश एसए बोबडे, डीवाई चन्द्रचूड़, अशोक भूषण र अब्दुल नजीरको बेञ्चले यो विषयमा सुनुवाइ गरेको हो । रामको जन्मभूमि बाबर मस्जिद बनाएको तथ्य देखिएको भन्दै सर्वाेच्च अदालतले यस्तो आदेश दिएको हो ।

हिन्दुहरुको भगवान रामको जन्मभूमिमै बाबरी मस्जिद बनाएको भन्दै त्यसको सट्टामा अर्कै स्थान दिन आदेश दिएको हो । बाबरी मस्जिद बनाउन बैकल्पिक स्थान दिन आदेश दिँदै रामको जन्मभूमिमा राम मन्दिर नै बनाउने बाटो खोलिदिएको छ । रामजन्मभूमि न्यासलाई ट्रस्ट बनाएर मन्दिर बनाउन आदेश दिएको छ ।

सुन्नि वफ्फ वोर्डलाई ५ एकड जग्गा दिन अदालतले आदेशले दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्र सरकार र प्रदेश सरकारलाई अयोध्या भित्र नै ५ एकड जमिन दिनको लागि सर्वाेच्च अदालतले आदेश दिएको हो । रामको जन्मभूमि भनिएको अयोध्याको सो स्थामा भएको राम मन्दिर को ध्वस्त गरेर मस्जिद निर्माण गरिएको हिन्दुहरुले आरोप लगाउदै आएका थिए ।

भारतको उत्तर प्रदेशमा अयोध्याको बाबरी मस्जिद क्षेत्रमा पटक पटक दंगा पनि भएको थियो ।

Loading...