fbpx

केसीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना गरियो

डडेलधुरा २३ कात्तिक । चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ औं अनशन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना गरिएको छ ।

गत सोमबारदेखि सोमबारदेखि डडेलधुरामा १७औँ अनशनमा रहेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको छ । डाक्टर केसीको रक्तचाप गडबडी देखिएपछि उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीतेन्द्र कँडेलले बताए ।

चिसोका कारण डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएको हो । डाक्ट केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनका भाइ किशोरले बताए । ७ बुँदे माग राख्दै डाक्टर केसीले अनशन सुरु गरेका हुन् ।

Loading...