fbpx

अरिङ्गालले टोक्दा एक बलाकको मृत्यु

तेह्रथुम २३ कात्तिक । तेह्रथुममा अरिङ्गालले टोक्दा एक बलाकको मृत्यु भएको छ । तेह्रथुमको लालिगुराँस नगरपालिका ९ सोल्मामा अरिङ्गालको टोक्दा ३ वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे ७ बजेको समयमा नेत्र बहादुर लिम्बुको छोरा बर्ष ३ को निक्सेन लिम्बुलाई बारीमा खेलीरहेको अवस्थामा आरिङगालले शरीरभर टोकेको थियो । अरिङ्गालले टेक्दा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल तेह्रथुममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Loading...