fbpx

अन्नपूर्ण हाम्रो गोल्डकपको दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज र पुलिस भिड्ने

विराटनगर २३ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिताको दोश्रो सेमीफाइनल खेल आज हुँदैछ । दोश्रो सेमिफाइनलमा चर्च ब्वाइज काठमाडौं र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् ।

आजको खेलको विजेता र त्रिभुवन आर्मी क्लबबीच उपाधिको लागि प्रतिश्पर्धा हुने छ । डोमालाल राजवंशी रगंशालामा जारी प्रतियोगितामा दिउँसो ३ बजेपछि खेल सुरु हुने छ ।  त्रिभुवन आर्मी क्लब भने फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा सिक्कीम आक्रामक क्लब विरुद्ध कठिन जित निकाल्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी सुटआउटमा सिक्किम विरुद्ध ४–३ को नतिजा निकाल्दै आर्मीले फाइनलसम्मको यात्रा तय गरेको हो ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपबिजेताले ६ लाख २५ हजार पुरस्कार पाउने छन् ।

Loading...