fbpx

पत्रपत्रिकामा प्रदेश : चीनले नदी किनारमा तटबन्ध बनाई सडक बनाएपछि नेपलतर्फ कटान

विराटनगर २३ कात्तिक । चीनले संखुवासभाको किाथांका र तिब्बतको सीमा भएर बग्ने अरुण नदी किनारमा रिउबाट चाँगा बजारसम्म सडक विस्तार गरेको छ । यसले नेपाली भूमि कटानको जोखिम बढेको छ ।

नेपालतर्फ कटान रोक्न भोटखोला गाउँपालिका १ मा बनाएको तारजालीको तटबन्ध कमजोर भएको कारण नेपालतर्फ कटान हुने सम्भावना बढी रहेको वडाध्यक्ष नेनछेवी भोटियाले बताए । उनले किमाथांकामा भूमि कटान भएको बताए । चीनले नदीमै क्रसर र डोजर राखेर ढुंगा गिट्टी समेत उत्खनन गर्दै आएको कान्तिपुर दैनिकमा समाचार छ ।

वर्षातमा ठुलो बाढी आए किमाथांका बजार जलमग्न हुने स्थानीयको भनाई छ । समस्या समाधानको लागि नेपालले करिब १ किलोमिटर पक्कि तटबन्ध लगाउनु पर्ने स्थानीयको भनाई छ । अरुणमा तटबन्ध बनाउन करिब २५ करोड लाग्ने र त्यसका लागि संघीय सरकारले ध्यान दिनु पर्ने संघीय सांसद राजेन्द्र गौतमले बताए । किमाथांका नाका संखुवासभाको सदरमुकाम खाँदबारीबाट १ सय ६२ किलोमिटरको दुरीमा छ ।

मोरङको सुन्दरहरैचा नगरपालिकाले उच्च अदालत विराटनगरको आदेश अवज्ञा गरेको पशुपति स्टोन क्रसिङ उद्योगले आरोप लगाएको छ । अर्काे स्थानीय तहबाट संकलन तथा बिक्रि गरेको नदिजन्य प्राकृतिक श्रोतमा प्रशोधनपछ बिक्री शुल्क लिएको भन्दै उद्योगले उत्प्रेषणयुक्त परमादेशको माग गरेको थियो ।

उच्च अदातल विराटनगरका न्ययाधीश शेखरप्रसाद पौडेलको एकल इजलासले उक्त उत्प्रेषणयुक्त परमादेशको माग बमोजिम सुन्दरहरैंचा नगरपालिकालाई दोहोरो कर लिएको विषयमा सोही दिन कारण देखाउ आदेश दिएको हो । तर नगरपालिकाले भने भने उच्च अदातलको आदेशहको अवज्ञा गर्दै बिक्री भएको बालुवामा पुनः प्राकृतिक श्रोत कर लिएको छ । यो समाचार उद्घोष दैनिकमा छ ।

शुक्रबार हुने भनिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबावमा स्थगित भएको समाचारलाई ब्लाष्ट टाइम्सले मुख्य समाचार बनाएको छ । उपकुलपति डा. राजकुमार रौनियारलाई हटाउनका लागि भएको विशेष सिनेट बैठकबाहेक नियमित सिनेट बैठक नभएको डेढ वर्ष भएको छ ।

अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा समस्यै समस्याको करण लथालिंग भएको छ । सिनेट बैठक भए केही राहत हुने अपेक्षा भएपनि शुक्रबार हुने भनिएको बैठक स्वास्थ्यमन्त्री यादवको दबावमा स्थगित भएको हो । अब सिनेट बैठक कहिले बस्ने भन्ने टुंगो छैन् ।

Loading...