fbpx

अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना

न्यूयोर्क २२ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख अमेरिकी डलर जरिवाना लगाइएको छ । ट्रम्पले आफ्नो च्यारिटी फाउण्डेशनको पैसा २०१६ को संसदीय निर्वाचनमा खर्च गरेपछि जरिवानामा परेका हुन् ।

न्यूयोर्क अटर्नी जनरल लेटिटिया जेम्सले २०१६ सन्को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले च्यारिटी संस्थाको पैसा प्रचारप्रसारमा अनुचित प्रयोग गरेको बताए । उनले अदालतले २० लाख अमेरिकी डलर जरिवाना गरेको जानकारी दिए ।

जुन २०१८ मा ट्रम्प फाउण्डेशनलाई २०१६ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले निजी, व्यापारिक र राजनैतिक हितको लागि पैसा प्रयोग गरेको आरोप लागेको थियो । सो विषयमा सुनुवाई हुदाँ ट्रम्पले आरोप स्वीकार गरेका थिए ।

सुनवाईको क्रममा न्यायाधीश सेलियन स्क्रुपुलाले फैसला सुनाउँदै ट्रम्प फाउण्डेशन बन्द गर्ने आदेश दिए । यो फाउण्डेशनको बाँकी रकम १७ लाख डलर अन्य गैरलाभकारी संस्थालाई बाड्ने आदेश पनि दिइएको छ ।
अटर्नी जनरल जेम्सले दायर गरेको मुद्धामा राष्ट्रपति ट्रम्पलाई २.८ मिलियन डलर २८ लाख डलर जरिवाना माग गरिएको थियो ।

Loading...