fbpx

विप्लव समूहका केन्द्रीय सदस्यहित २२ जना पक्राउ

बाजुरा २२ कात्तिक । विप्लव समूहका केन्द्रीय सदस्य चुडामणि ओली सहित १६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले गौमुल गाउँपालिका–३ माझपालीबाट शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले डम्बर सुनार, नरेश शाही, दीपक प्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा,उदय कशेरा, राजेश कुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंहलाई पक्राउ गरेको हो ।

Loading...