fbpx

बिहारको एक सडकमा चाँदी नै चाँदी

नयाँ दिल्ली २२ कात्तिक । बिहारको सीतामढीमा सडकमा करिब ५० किलो चाँदी छरिएको भट्टाएपछि वटुवाहरु आश्चर्यमा परेका छन् । सीतामढीको सुरसन्ड ग्रामीण इलाकाको सडकमा चाँदीका टुक्रा सडकभर भेटिएपछि टिप्नेको भिड लागेको थियो ।

बुधबार बिहान मानिसहरुले सुरसन्डको टावर चोकबाट बाराही गाउँसम्म जाने सडकमा चाँदी भेट्टाएका हुन् । बिहान सबेरै सडकमा चाँदीका टुक्रा भेटिएपछि मानिसहरुले टिपेर घर लगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । करिब ७ किलोमिटरसम्म सडकमा चाँदीको टुक्रा भेटिएको थियो ।

मंगलबार रातिदेखि नै मानिसहरुले छरिएका चाँदीका टुक्रा भेटाएका हुन् । प्रतिव्यक्ति करिब २०० ग्रामसम्म चाँदी टिप्न भ्याएको बताइएको छ । सितामढी प्रहरी चौकीका इन्चार्ज भोला कुमारले यस विषयमा अनुसन्धान थालिएको बताए ।

Loading...