fbpx

सीमा विवादमा साझा धारणा बनाउन प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं २२ कात्तिक । भारतले नयाँ नक्सामा नेपाली भुभागलाई पनि राखेपछि आएको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि चौतर्फी विरोध भइरहेको बेला प्रधानमन्त्रीले साझा धारणा बनाउन विज्ञसहितको सर्वपक्षीय बैठक राखेका हुन् । उद्यपी सरकारले एकपक्षीय नक्सा मान्य नहुने जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेस लगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक सम्वाद गरी सीमा समस्या सुल्झाउन सुझाब दिएका छन् । सर्वपक्षीय बैठक शनिबार (भोली) बस्ने छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरु सहभागी हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए । भारतले भने नेपालसँगको सीमा क्षेत्र नक्स पुरानै रहेको जनाएको छ ।

Loading...