fbpx

साग क्रिकेटमा भारत र पाकिस्तान नआउने

काठमाडौं २२ कात्तिक । अर्को महिना नेपालमा हुने हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने घोषणा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तथ्यांकमा भारत र पाकिस्तानले क्रिकेटमा सहभागिता नजनाउने उल्लेख छ । टेष्ट मान्यता प्राप्त देशले यू २३ टिम सहभागी गराउनुपर्ने नियम भए पनि दुबै देशले क्रिकेट खेलमा सहभागी नहुने भएका हुन् ।

क्रिकेटमा सहभागी हुने देशहरुमा अब नेपाल, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान रछन् । राखेपकाअनुसार सागमा समावेश २७ वटै खेलमामा नेपाल मात्रै सहभागी हुने छ ।

सागमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, साइक्लिन, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, हृयान्डबल, जुडो, कराते, लगायतका २७ खेल समावेश गरिएको छ । साग प्रतियोगिता १ डिसेम्बरदेखि नेपालको काठमाडौं र पोखरामा हुने छ ।

Loading...