fbpx

रजनीकान्तको ‘दरबार’को मोसन पोस्टर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २२ कात्तिक । सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘दरबार’को मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मको टिजरलाई लाइका प्रोडक्सन नामक युटुब च्यानेलमार्फत सार्वजनिक गरिएको हो । पोस्टरमा रजनीकान्तलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

फिल्मको मोसन पोस्टर हिन्दी, तमिल, तेलेगु र मलायालम गरी चार भाषामा रिलिज गरिएको छ । ए आर मुरुगदासको लेखन तथा निर्देशन रहेको फिल्ममा रजनीकान्त प्रहरीको भुमिकामा देखिएका छन् । फिल्ममा रजनीकांतको साथ नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सुवास करणको निर्माणमा तयार भएको फिल्मलाई २०२० मा पोंगलको अवसरमा प्रदर्शन गर्ने पक्का भएको छ । मोसन टिजर सार्वजनिक हुने बितिकै फ्यानहरूले रजनीकान्तको खुलेर प्रशंसा गरेका छन् । सलमान खान, सुनील शेट्टी, महेश बाबु र कमल हासनले आफ्नो अधिकारिक ट्वीटर अकाउन्टमार्फत पोस्टरलाई शेयर गरेका छन् ।

Loading...