fbpx

‘ब्रेकअप’पछि आफूलाई यसरी सम्हाल्नुहोस्

विराटनगर, २२ कात्तिक । आफ्नो मनले चाहेजस्तो वा कल्पना गरेजस्तो सधैं प्रेममा सफलता मिल्छ भन्ने हुँदैन । केही कारणवस प्रेममा असफल हुँदा वा आफ्नो ब्रेकअप हुँदा मन निकै दुःखी भएको जस्तो महसूस हुन्छ । प्रेममा धोका खाएर मर्ने तथा बाँच्ने पनि धेरै छन् ।

प्रेम यस्तो मीठो अनुभूति हो, जसमा परेको व्यक्तिले सबैतिर खुशी र रमाइलोको अनुभव गर्छ । तर, त्यही प्रेम विछोडमा परिणत भयो भने अथवा ब्रेकअप भयो भने उक्त मानिसले आफ्नो संसारलाई नै अध्याँरो देख्न थाल्छ । भोक र निद्रा लाग्नु त स्वभाविक नै हो, तर उसको जीवन निरासमय हुन थाल्छ ।

ब्रेकअपको यस्तो असर मनमा मात्र नभएर शरीरमा पनि पर्ने गर्छ । तर, जिन्दगी जिउनका लागि ब्रेकअपबाट बाहिर निस्कनुको विकल्प खोजेर समस्याहरुको सामना गर्नु पर्छ । ब्रेकअप भएको समयमा मन एकदम दुख्ने हुँदा रुनुसम्म रुएर आफ्नो सबै पीडा बिर्सनु पर्छ । केही मनोचिकित्सकहरुले रुएपछि मानिस बलियो हुने हुँदा दुःख तथा पीडाबाट मनलाई बाहिर निकाल्नका लागि पनि रुनु जरुरी हुन्छ ।

केटा होस् या केटी एक्लै बसेर केही समय रुदा मन हलुका भएको महसुस हुने गर्छ । ब्रेकअपपछि भेट्नुको कुनै अर्थ नहुने हुँदा जोसँग ब्रेकअप भएको छ उसँग भेट्न खोज्नु हुँदैन । यसबाट आफूलाई अझ दुःख हुने हुँदा ब्रेकअपपछि भेट्नु हुँदैन । यस्तो समयमा सकेसम्म आफूलाई ब्यस्त राख्नु पर्छ ।

एक्सरसाइज गरेर, पढेर, आफूले मनपर्ने फिल्म हेरेर, साथीभाइसँग नयाँ ठाउँहरू घुम्न गएर, किताब पढेर वा आफूलाई मनपर्ने हरेक कुरा गरेर आफूलाई ब्यस्त राख्ने गर्नु पर्छ । यस्ता कुराहरुले मुड ठीक बनाउन लागि र ब्रेकअपको पीडा भुल्न सहयोग गर्छ ।

Loading...