fbpx

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप : पहिलो हाफमा सिक्किम र आर्मीको बराबरी

विराटनगर २२ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिता अहिले पहिलो सेमिफाइनल खेल भइरहेको छ । अहिले जारी पहिलो सेमिफाइनलमा सिक्किम आक्रमक क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले खेलिरहेका छन् ।

ds

विर्तामोडस्थित डोमालाल राजवंशी स्टेडियममा भइरहेको उक्त खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । निकै नै प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै टोलीले गोल गर्न प्रयत्न गरेता पनि गोल हुन सकेन ।

आज दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । यता, सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।

Loading...