fbpx

जात्रा हेर्न गएका वडा सदस्य मृत फेला

बैतडी, २२ कात्तिक । बैतडीमा जात्रा हेर्न गएका वडा सदस्य मृत फेला परेका छन् । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिएका हुन् ।

जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव शुक्रबार बिहान फेला परेका हुन् । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Loading...