fbpx

वीरगञ्जमा यसरी नाचे गोविन्दा

विराटनगर, २२ कात्तिक । वीरगन्जमा हुँदै गरेको चलचित्र महोत्सवमा बिहीबार बेलुकीको सांगीतिक साँझमा बलिउडका चर्चित अभिनेता गोविन्दाले प्रस्तुति दिएका छन् । नेपाल र नेपाली चलचित्रका बारेमा केही कुरा राखेपछि गोविन्दाले आफू अभिनय गरेका बलिउडका केही चलचित्रका गीतमा आफ्नो प्रस्तुति दिएका हुन् ।

नेपाल चलचित्र निर्माता संघको आयोजनामा बिहीबारदेखि सुरु भएको तीन दिने कार्यक्रममा गोविन्दाका साथ साथै नेपाली फिल्मका अन्य कलाकारहरूले समेत आफ्नो प्रस्तुति राखेका हुन् । उनले अभिनय गरेका हिन्दी चलचित्र आँखे, दुल्हे राजा, हसिना मान जाएगी ,बडे मिया छोटे मिया, पार्टनरका गीतमा नृत्य गरेका गोविन्दालाई नेपाली कलाकार निरुता सिंह, रेजिना उप्रेती, दिपाश्री निरौला, दीपकराज गिरी, आकाश अधिकारीलगायतले साथ दिएका थिए ।

aa

बेलुकी ८ बजे मात्रै सुरक्षाकर्मीको सहयोगमा गोविन्दा श्रीमती सुनितासँगै महोत्सव स्थल आदर्शनगर रंगशालामा पुगेका गोविन्दा र उनको प्रस्तुति हेर्न दिउँसैदेखि प्रतीक्षा गरेर बसेका शुभचिन्तकको धेरै भिड रहेको थियो ।

मञ्चमा श्रीमतीसँगै चढेका गोविन्दाले सुरुमा नेपाल, नेपाली र नेपाली चलचित्र क्षेत्रका बारेमा खुलेर प्रशंसा गरेका छन् । उनले हरेक पटक नेपाल आउँदा पाउने प्रेमका कारणले नेपाल र नेपालीलाई कति धेरै माया र प्रेम गर्ने कुरालाई आफूले साबित गर्नु नपर्ने बताए ।

Loading...