fbpx

यसकारण हिन्दूहरूले गाईलाई पूजा गर्छन्

विराटनगर, २२ कात्तिक । हिन्दूधर्म मान्ने मानिसहरूले गाईलाई भगवानको दर्जा दिने गर्छन् । दूध, दही, घ्यू, मलका लागि प्रयोग हुने गोबर त गाईले भन्दा भैसीले धेरै दिन्छ तर, गाईलाई हिन्दू धर्मले विशेष महत्व दिएको हुन्छ ।

प्राचिन समयदेखि नै अन्य पशुहरुको तुलनामा गाईको महत्त्व धेरै रहेको छ । गाईलाई नेपालको संविधानले समेत राष्ट्रिय जनावरको रूपमा लिइएको छ । गाईलाई हिन्दूधर्ममा भगवानको दर्जामा राखिएको कारण धेरैलाई थाहा नहोला । हिन्दू धर्मदर्शनअनुसार गाईलाई माताको रूपमा पूजा गर्नुको कारण गाईमा सवै देवताले निवास गर्ने गरेको बताउँछ ।

भगवान शिवका वहान, साँढे नन्दी (गाईले जन्म दिने भएकोले), भगवान इन्द्रसँग समस्त मनकामना पूर्ण गर्ने गाई कामधेनू र भगवान श्री कृष्ण गोपाल हुनुका कारण पनि गाईलाई देवीको रूपमा पूज्य बनाएको हो । त्यस्तै, भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा, गलामा भगवान विष्णु, मुखमा भगवान शिवको र मध्य भागमा सवै देवीदेवताको बास रहेको हुन्छ ।

गाईको आँखामा सूर्य र चन्द्रमा, रौं रौमा महर्षिहरूको, पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगांलगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पनि पाइन्छ । गाईको धार्मिक, पौरणिक र आर्थिक महत्त्वका साथ साथै बैज्ञानिक महत्त्व पनि रहेको पाइन्छ ।

गाईको दूध, गाईको दुधबाट बनेको उत्पादनहरू स्वास्थ्यका लागि धेरै शक्तिशाली हुने हुँदा यसको तुलना अरुसँग हुन नसक्ने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । मानिसलाई स्वास फेर्नको लागि अक्सिजनको आवश्यकता पर्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ ।

तर, गाईमा यस्तो जनावर हो, जसले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । गाईको गहुँतमा पोटेसियम, सोडियम, नाइट्रोजन, फास्फेट, यूरिया, यूरिक एसिड तथा लेक्टोजको मात्रा धेरै हुने हुँदा गौत हृदयरोगका लागि लाभकारी हुनुका साथै अन्य रोगहरूका लागि चिकित्सीय दृष्टिले पनि लाभकारी मानिन्छ । प्राचिन समयदेखि गोदानलाई सबैभन्दा ठूलो दान मानिएको छ, भने गाईको हत्यालाई सबैभन्दा ठूलो महापाप मानिन्छ । यसै कारणहरूबाट पनि वैदिक कालबाट हिन्दूधर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका हुन् ।

Loading...