fbpx

फाइनल पुग्ने दाउमा सिक्किम र आर्मी (लाइभ भिडियो)

विराटनगर २२ कात्तिक । झापाको विर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप प्रतियोगिता अहिले पहिलो सेमिफाइनल खेल हुँदैछ । अहिले जारी पहिलो सेमिफाइनलमा सिक्किम आक्रमक क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले खेलिरहेका छन् ।

आज दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । विभागीय टोली त्रिभुवनआर्मी क्लबले भारतको आसामिस क्लब मोलवेविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । यता, सिक्किमले बेलबारी ११ लाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।

अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६, विर्तामोड झापा, Trivuwan Army Club (TAC) Vs Aakraman FC, Sikkim (SKM) First Semi Final GameLive from Domalal Rajbanshi Stadium, Birtamod, Jhapa

Posted by Koshi Online on Friday, November 8, 2019

Loading...