fbpx

गाल्लार्डोले भाल्भेर्डेको स्थान लिने सक्ने

एजेन्सी, २२ कात्तिक । एसी मिलानका पूर्वस्टार तथा प्रशिक्षक क्लाउडियो बोर्घीले बार्सिलोनाको प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेको स्थान मार्सेलो गाल्लार्डोले लिन सक्ने बताएका छन् । अर्जेन्टिनाका उनले एक अन्तर्वार्ताको क्रममा आउँदो डिसेम्बर महिनामा नै गाल्लार्डो बार्सिलोनाको प्रमुख प्रशिक्षक बन्ने दाबी गरेका हुन् ।

पछिल्लो समय क्लबको खराब प्रदर्शन गरेको भन्दै बार्सिलोनाका प्रशिक्ष भाल्भेर्डे आलोचित बनेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूले बार्सिलोना उनको स्थानमा अर्को प्रशिक्षक ल्याउने पक्षमा रहेको जनाएका छन् । यस्तैमा आउँदो महिना नै रिभर प्लेटका म्यानेजर गाल्लार्डोले भाल्भर्डेको स्थान लिन सक्ने जनाएका छन् ।

‘गाल्लार्डोले आउँदो डिसेम्बर महिनामा नै अर्नेस्टोको स्थान लिनेछन्’, उनले भने, ‘उनी विश्वका उत्कृष्ट कोचमध्ये एक हुन् । मैले पाएको जानकारीअनुसार उनी नै बार्सिलोनाको पहिलो विकल्प हुन् ।’

Loading...