fbpx

मिर्गौलामा पत्थरी हुने केही कारणहरू

विराटनगर, २२ कात्तिक । मिर्गौलामा हुने पत्थरी आजकल अधिकांश मानिसहरूलाई हुने आम समस्याको रुपमा देखा पर्दैछ । विशेषगरी अव्यवस्थित जीवनशैली, खानामा असन्तुलन, पानीको कमीका कारण पत्थरी भएको मानिन्छ ।

तर, मिर्गौलामा पत्थरी हुनुको कुनै निश्चित कारण भने हुँदैन । हावापानी तथा वातावरणको प्रभावले गर्दा पनि मिर्गौलामा पत्थरी हुन सक्ने हुन्छ । परिवारका कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने परिवारका कुनै पनि सदस्यलाई पत्थरी हुने सम्भावन बढेर जान्छ । मिर्गौलामा पत्थरी पर्नुको मुख्य कारण पानीको कम सेवन गर्नुलाई मानिन्छ ।

गर्मीका कारण मानिसको शरीरबाट धेरै पसिना बग्छ । शरीरमा पानीको कमी भएमा पिसाबबाट विकार पदार्थ निस्कन नपाउने हुँदा मिर्गौलामै थिग्रिएर बस्ने हुँदा पत्थरको रूपमा विकास हुन्छ । बढी मात्रामा पालुङ्गोको साग तथा खानेकुरामा प्रोटिनको बढी प्रयोग गर्दा पनि पत्थरी हुन सक्ने अर्को कारण हो । विभिन्न खालका औषधि जस्तै थाइराइड, क्याल्सीयमको अत्याधिक औषधि सेवनले पनि पत्थरीको समस्या निम्त्याउन सक्छ ।

शरीरमा विभिन्न खालका संक्रमणहरू बढी मात्रामा देखिन थालेको मिर्गौलामा पत्थरीको सम्भावना हुन सक्छ । पत्थरीको समस्या भएमा ज्वरो आउने, वाकवाक लााग्ने, वान्ता हुने, कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन गइ पिसाब फेर्न गाह्रो हुने तथा पिसाबमा रगतसमेत देखा पर्न थाल्छ ।

मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ, जसले थप संक्रमण गरी मिर्गौला नै फेल हुन सक्छ । मृगौला फेल भएको खण्डमा मुटुलगायत शरीरका अन्य भागमा समेत गम्भीर असर पुग्छ ।

Loading...